काठमाडौँ - यस वर्षको गोल्डेन ब्वाय अवार्डको शीर्ष १०० को मनोनयन सार्वजनिक भएको छ। अवार्ड आयोजक इटालियन आउटलेट टुट्टोस्पोर्ट्सले हरेक वर्ष युरोपका शीर्ष लिग खेल्ने प्रतिभावान यु-२१ खेलाडीलाई समावेश गरि शीर्ष १०० को मनोनयन सार्वजनिक गरेको हो।
यसपटकको अवार्डको मनोनयनमा यसपटक प्रिमियर लिगबाट सबैभन्दा धेरै १० खेलाडी परेका छन्। यो अवार्डबाट एक क्यालेन्डरमा २१ वर्षमुनिका उत्कृष्ट एक खेलाडी पुरस्कृत हुने गर्दछन्।
साविकको विजेता बार्सिलोनाका पेड्रीसँगै अन्सु फाती, निको, पाब्लो गाभी र एलेजान्द्रो बाल्डे पनि मनोनयनमा परेका छन्। स्पेनिस क्लब रियाल म्याड्रिडबाट मिडफिल्डर इडुआर्डाे कामाभिंगा, बायर्न म्युनिखका जमल मुसिएला र रायन ग्राभेनवर्च, बोरुसिया डर्टमुन्डका जुडे बेलिङ्घम, करिम एडियमी, अन्सगर नफ, युसोउफा मौकाको र जियो रेना मनोनयनमा परेका छन्।
रेन्नेसका जेरेमी डोकु, म्यानचेस्टर युनाइटेडका एन्थोनी इलांगा, जुरिचका वेलफ्रेड नोन्टो, आरबी लाइप्जिगका इलिएक्स मोरिवा, पिएसजीका नुनो मेन्डेस र भिल्लारिलयका यारेमी पिनो पनि मनोनयनमा परेका छन्।
प्रिमियर लिगबाट हार्भे इलिएट, एडम डियालो, फावियो सिल्भा, कि जान होभर, पापे माटर यान काउटो, काक्पर कोज्लोस्की र जोइ जेलहार्ट मनोनयनमा परेका छन्।
निर्णायकहरुले विभिन्न चरणमा खेलाडी कटौती गर्दै वर्षको अन्त्यमा विजेता घोषणा गर्नेछन्। निर्णाहरुले उनीहरुले गरेको प्रदर्शनको आधारमा क्रमश १०, ७, ५, ३ र १ अंक प्रदान गर्ने गर्दछन्। गत वर्ष क्याटलान क्लब बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रोले यो अवार्ड हात पारेका थिए।
हालसम्मको गोल्डेन ब्वाय अवार्ड विजेताहरुः
२००३ - राफयल भन डेर भार्ट (आयाक्स)
२००४ - वाइने रुनी (एभर्टन/म्यानचेस्टर युनाइटेड)
२००५ - लियोनेल मेस्सी (बार्सिलोना)
२००६ - सेस फाब्रिगास (आर्सनल)
२००७ - सर्जियो अगुएरो (एट्लेटिको म्याड्रिड)
२००८ - एन्डरसन (म्यानचेस्टर युनाइटेड)
२००९ - एलेक्स पाटो (एसी मिलान)
२०१० - मारियो बालाटेली (इन्टर मिलान/म्यानचेस्टर सिटी)
२०११ - मारियो गोट्जे (बोरुसिया डर्टमुन्ड)
२०१२ - इस्को (मालगा)
२०१३ - पउल पोग्वा (युभेन्टस)
२०१४ - रहिम स्टर्लिङ (लिभरपुल)
२०१५ - एन्थोनी मार्सियाल (मोनाको/म्यानचेस्टर युनाइटेड)
२०१६ - रेनाटो साञ्चेस (बेन्फिका/बायर्न म्युनिख)
२०१७ - केलियन एमबाप्पे (मोनाको/पीएसजी)
२०१८ - म्याथियस डि लेग्ट (आयाक्स)
२०१९ - जोआओ फेलिक्स (बेन्फिका/एट्लेटिको म्याड्रिड)
२०२० - एर्लिङ ब्राउट हालान्ड (बोरुसिया डर्टमुन्ड)
२०२१ - पेड्री (बार्सिलोना)