आयाक्सबाट इरिकको सुखद बिदाई

काठमाडाैँ - म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षकको जिम्मेवारी लिनु अगाडी आयक्सबाट इरिक टेन हागले उत्कृष्ट बिदाई लिएका छन। उनले टिमलाई डच च्याम्पियन बनाउँदै क्लबबाट बिदाई लिएका हुन। 

पछिल्लो चार बर्षमा आयाक्सको यो तेस्रो लिग उपाधि हो। यसका साथै उनको इतिहासमा ३६ औं लिगको उपाधि हो।

प्रिमियर लिगमा स्थानान्तर हुन अगाडी इरिकको घरेलु मैदानमा गएरातिको खेल अन्तिम थियो। यो सिजन सकिएसँगै इरिकले युनाइटेडको नयाँ प्रशिक्षकको जिम्मेवारी पाउनेछन्।

आयाक्समा इरिकले साँढे चार बर्ष बिताउँदा लगातार तेस्रो पटक टिमलाई लिग च्याम्पियन बनाए। उनको प्रशिक्षणमा आयाक्सले सन् २०१८ देखि २०२१ को लिगको उपाधि जितेको हो। बिचमा कोभिडका कारण २०१९ र २० को सिजन हुन सकेको थिएन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×