कांग्रेसको १६ जिल्लाको अधिवेशन पुस २७ गते

काठमाडौँ। नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन आगामी पुस २७ गते हुने भएको छ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले पार्टीको १४औँ महाधिवेशनका लागि अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन २७ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको जिल्ला अधिवेशन हुन बाँकी छ। यसअघि कांग्रेसको सातै प्रदेशको प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×