समाजवादी प्रेस सङ्गठनको राष्ट्रिय भेला स्थगन

काठमाडौँ- समाजवादी प्रेस सङ्गठन नेपालले यही फागुन ७ गते गर्ने भनिएको राष्ट्रिय भेला स्थगन गरेको छ। 

सङ्गठनको आज बसेको सचिवालय बैठकले कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण भेला स्थगन गर्ने निर्णय गरेको हो। नेकपा (एस) का महासचिव डा बेदुराम भुसाल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको उपस्थितिमा सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा आज भएको छलफलमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड हाल कायमै रहेको र सभा, सम्मेलन, भेला गर्न उपयुक्त नदेखिएकाले पूर्वनिर्धारित भेला गर्न नसकिएको सङ्गठनका महासचिव भूपराज खडकाले जानकारी दिए। 

बैठकले आगामी चैत १२ गते विस्तारित बैठकका साथै संस्थापक सदस्यको केन्द्रीय कार्य समिति बैठक बोलाउने निर्णय गरेको छ। बैठकले सङ्गठनका उपमहासचिव रामकुमार ऐलन नेतृत्वको प्रशिक्षण विभागलाई यही फागुन महिनाभित्र सबै प्रदेशमा प्रशिक्षण एवं भेला सम्पन्न गर्न निर्देशन दिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×