काठमाडौँ। आजबाट नेपाली चलचित्र ‘चुरीफुरी’ सिनेमाघरहरुमा प्रदर्शनमा आएको छ। कमेडी विधामा आधारित चलचित्र ऋषिराज आचार्यले निर्देशन गरेका हुन्। रविन्द्र झा, सुबोध गौतम, राजिब जंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, दीपक प्रसाद आचार्य, पूजा पन्त, सोना बज्राचार्य, दिपक आचार्य, सुरबिर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, रश्मि आचार्य, जोया ढकाल, तुलसी प्रसाद श्रेष्ठ, मनिल तामाङ, ऋतु आचार्य आदि कलाकारहरुको अभिनय रहेको चलचित्रका सम्पादक नवीन निरौला, सह-निर्माता बिमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी तथा निर्माता ऋषिराज आचार्य र रीना ढकाल रहेका छन्। निर्देशक आचार्यकै कथा रहेको चलचित्रका छायांकार राहुल राई रहेका छन्।