काठमाडौँ - अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेकी छिन्। उनी नेपालमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’को प्रिमियरमा सहभागी हुन फ्रान्स पुगेकी हुन्।
उनले बुधबार कान्सको रेड कार्पेटमा वाक गरेकी थिइन्। उनी कान्सको रेड कार्पेटमा वाक गर्ने नेपालकी पहिलो अभिनेत्री बनेकी छन्। उनी रेड कार्पेटमा रेड ड्रेसमा निकै आकर्षक देखिएकी छिन्।
‘मैले एक वर्षअगाडि फ्रेन्च फिल्मको अडिसन दिएको थिएँ। यसमा मैले सानो भूमिका खेलेको छु,’ उनले कान्समा जानुअघि भनिन्। यस वर्षको कान्स फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुँदैछ।