खोटाङ - खोटाङको दिक्तेलमा आयोजित प्रथम केएफए अन्तर संस्था पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पा स्पोर्टस क्लबले जितेको छ।
खोटाङ फुटबल एकेडेमीले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा आयोजकलाई हराउँदै नेर्पा स्पोर्टस क्लबले प्रथम उपाधि जितेको हो।
साकेला गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरेको खोटाङ फुटबल एकेडेमीले जनाएको छ। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ४४ हजार ४४४, २२ हजार २२२ र ११ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।