निफ फिल्म फेस्टिभलको आवेदन खुला

काठमाडौँ - नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करणको लागि बिहीबारदेखि फिल्म आवेदन खुला गरिएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर, छोटा, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्मको सात विधामा आवेदन दिन सकिने भएको छ। राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत छोटा, डकुमेन्ट्री र फिचर फिल्मको आवेदन दिन सकिनेछ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि शुल्क र राष्ट्रिय प्रतिस्पर्धाको लागि निःशुल्क आवेदन दिन सकिने छ। आगामी पुस १० गतेभित्र आवेदन दिइसक्नु पर्नेछ।

निफको छैटौं संस्करण चैत २ गतेदेखि ६ गतेसम्म आयोजना हुने भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×