५० लाखले गरे पनौतीको बाह्रवर्षे मकर–स्नान र अवलोकन

काठमाडौँ - ऐतिहासिक, धार्मिक–साँस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीको बाह्रवर्षे मकर मेलामा ५० लाखले स्नान तथा अवलोकन गरेका छन्। 

मकर सङ्क्रन्तिबाट सुरु भएको मेलाको मकर–स्नान तथा अवलोकन शनिबारसम्म एक महिना चलेको थियो। मेला समापनका दिन शनिबार राजधानी काठमाडौँको पूर्वतर्फ अर्थात् अरनिको राजमार्ग तथा बनेपा–पनौती सडकमा ‘ट्राफिक’ व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे नै परेको थियो। बिहानैदेखि सडक जाम हुँदा बनेपादेखि पनौतीसम्मको छ किलोमिटर सडकमा सवारी निषेधसमेत गरिएको थियो।

काठमाडौँबाट पनौतीसँग जोडिएका अन्य वैकल्पिक सडकसमेत दिनभरजसो जाम नै थिए। मेला सुरुवातको हप्ता कोरोना सङ्क्रमणको जोखिमका कारण मकर–स्नान मात्र गर्न दिइएको थियो। त्यसयता, कोरोना सङ्क्रमण मत्थर हुँदै जाँदा पनौती नगरपालिका– ६ र ७ को सङ्गमस्थल त्रिवेणीघाटमा भक्तजनको भीड लाग्दै गएको थियो।

हिजो शनिबारसम्म करिब ५० लाख भक्तजनले मकर–स्नान तथा अवलोकन गरेको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×