इनरुवा- सुनसरी बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, उपाध्यक्ष सङ्गीताकुमारी राय, पालिकाका वडाध्यक्षलगायत जनप्रतिनिधिको उपस्थितिमा सो भवन उद्घाटन गरेका हुन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीका अनुसार रु ९९ लाख ७१ हजार ९०८ लागतमा निर्माण सम्पन्न एकतले सो पक्की भवनमा हलसहित सातवटा कोठा रहेका छन्। नवनिर्मित भवन उत्तरा कन्ट्रक्शन एण्ड सप्लायर्स कटहरी मोरङले निर्माण गरेको होे। भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका लागि जग्गा उपलब्ध गराउने राधेश्याम चौधरी, रोमी शर्मा र बिनादेवी यादवलगायतलाई सम्मान गरिएको थियो।