फिल्म लन्डन टु पेरिसमा साम्राज्ञीको जोडी बन्दै निश्चल

काठमाडौँ - अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग डेब्यु अभिनेता निश्चल खड्काले अभिनय गर्ने भएका छन्। एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लण्डन टु पेरिस’ मा साम्राज्ञीको जोडी बन्दै निश्चललाई डेब्यु गराउन लागिएको हो। किस्ताबन्दीमा कलाकार सार्वजनिक गर्दै आएको निर्माण टिमले शुक्रबार निश्चल फिल्ममा अनुबन्ध भएको जनाएको हो।

अस्ट्रेलियामा पढाइ सकेर नेपाली फिल्म गर्न भनी नेपाल आएका निश्चलले केही बिज्ञापनमा मोडलिङ समेत गरेका छन। उनले अस्ट्रेलियामा बस्दा पनि केही मोड्लिङ इभेन्टमा समेत भाग लिएका थिए। प्रेमकथामा निर्माण हुने फिल्ममा गरिमा शर्मा र कबिर खड्काको पनि अभिनय रहनेछ। निर्देशक घनश्याम लामिछानेका अनुसार अरु बाँकी कलाकारहरू लन्डनबाटै लिइने भएको छ।

घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने फिल्मका कलाकारलाई केही दिन यता नाट्यकर्मी सरिता गिरिले वर्कसप गराइरहेकी छन। फिल्को कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×