शाहरुख खानको घर 'मन्नत'मा बम बिस्फोट गर्ने धम्कि दिने व्यक्ति पक्राउ

भारत। बलिउड अभिनेता शाहरुख खानको घर 'मन्नत'मा बम बिस्फोट गर्ने धम्कि दिने व्यक्ति पक्राउ परेका छन्। भारतको मध्यप्रदेश पुलिसले आरोपी युवकलाई जबलपुरबाट पक्राउ गरेको हो। आतंकवादी हमला र बम बिस्फोटको धम्कि दिने यि व्यक्तिलाई शनिवार संजीवनी नगर थाना पुलिसले गिरफ्तार गरेको हो। समातिएका व्यक्तिको नाम जितेश ठाकुर बताईएको छ। 

मीडिया रिपोर्टका अनुसार आरोपीले ६ जनवरीमा पुलिस कंट्रोल रूममा फोन गरेर धम्कि दिएका थिए। उक्त फेक कलका दौरान युवकले अभिनेता शाहरुख खानको घर सहित मुम्बईको अलग-अलग ठाउँमा आतंकवादी हमला र बम बिस्फोटको धम्कि दिएका थिए।

जानकारीका अनुसार महाराष्ट्र पुलिसलाई फेक कल गर्ने उक्त व्यक्तिलाई जबलपुर पुलिसले उनकै घरबाट गिरफ्तार गरेको हो। आरोपी जितेश ठाकुर संजीवनी नगर थाना क्षेत्रको गंगा नगरमा बस्ने गरेका थिए। महाराष्ट्र पुलिसले जबलपुर पुलिसलाई सम्पर्क गरेर उनलाई समाएको हो।

पुलिसले बताए की आरोपी युवकले पहिला पनि धेरै पटक सीएम हेल्पलाइन र डायल १००मा फोन गरेर दु:ख दिइसकेका छन्। उनी प्राय मदिरा सेवन गरेर फोन गर्ने गर्थे। अब आरोपीलाई अदालतमा पेश गरिनेछ। जसपछी आरोपीमाथी कानुनी कारवाही हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×