गोलकिपर नाभासले पीएसजी छोड्ने

काठमाडौँ - गोलकिपर केयलर नाभासले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाड्ने भएका छन्। कोस्टारिकाका गोलकिपर टोलीमा पहिलो रोजाइमा नपरेपछि क्लब छाड्न लागेका हुन्।

फ्रान्स छाडेर नाभास इटालियन सिरिए ए जाने बुझिएको छ। उनी नापोली जाने सम्भावना बढी रहेको कोइरे डेलो स्पोर्टले जनाएको छ। यद्यपि, नाभासको तलब समस्या हुनसक्ने बताइएको छ।

नाभास पीएसजीमा सबैभन्दा बढी कामाइ गर्ने खेलाडीमध्यमा पर्दछन्। तर, नापोलीको पीएसजीजस्तो आर्थिक हैसियत छैन। तर नापोलीका अध्यक्ष आउरेलियो डी लाउरेन्टिस उनलाई भित्र्याउनेमा आशावादी रहेका छन्।

नाभासलाई भित्र्याउन नसके नापोलीले उनको साटो चेल्सीका गोलकिपर केपा अरिजाबालागालाई दोस्रो रोजाइमा राखेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×