‘अवतार २’ यस वर्षकै लामो फिल्म

काठमाडौँ - जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार’को दोस्रो श्रृंखला आगामी पुस १ गते नेपालसहित विश्वभर प्रदर्शनको तयारीमा छ।

फिल्मलाई लिएर दर्शकमाझ १३ वर्षदेखिकै उच्च पर्खाइ छ। तर फिल्मको लम्बाइलाई लिएर हल सञ्चालकलाई तनाव सुरु भएको छ। फिल्मको लम्बाइका कारण नेपाली हललाई पनि सकस हुने देखिएको छ। फिल्मको औसत लम्बाइ २ वा सवा २ घण्टा हुने हो। तर अवतारः द वे अफ वाटरको लम्बाइ ३ घण्टा १४ मिनेट हुनेछ। त्यो भनेको हलको ४ घण्टा समय ‘अकुपाइड’ हुनु हो।

फिल्म प्रदर्शनअघिको समय, ब्रेक र प्रदर्शनपछिको एक्जिट समयलाई निर्धारण गर्दा दर्शकले हलमै झण्डै ४ घण्टा समय बिताउनुपर्नेछ। एक किसिमले अवतार २ ले दर्शकलाई धैर्यताको परीक्षा समेत लिनेछ।

‘अवतारको ३ घण्टा १४ मिनेट भनेको एउटा हलको ४ घण्टा अकुपाइड हुनु हो। त्यति नै समय दर्शकले हलमा बिताउनुपर्छ भन्ने हो। किनभने दर्शकलाई लामो समय टिकाउनु चुनौतीपूर्ण काम हो,’ आईएनआई मल्टिप्लेक्सका सुरेन्द्र थापाले भने।

एउटै फिल्मलाई ४ घण्टा दिंदा हलले कम शो पाउनेछन्। कमाइ पनि प्रभावित हुनसक्छ। रन-टाइम लामो हुँदा फिल्मको शो संख्यामा कमी आउनेछ। हलिउड रिपोर्टर म्यागजिनका अनुसार अवतार २ सन् २०२२ कै लामो फिल्म हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×