फ्रान्सको नकआउट भिडन्त आइतबार पोल्याण्डसँग

काठमाडौँ - विश्व च्याम्पियन फ्रान्सले अन्तिम १६ को प्रतिद्धन्द्धी पोल्याण्डलाई पाएको छ। बुधबार रातीको खेलमा अर्जेन्टिनासँग २-० को पराजय भोगे पनि कम गोल खाएको आधारमा पोल्याण्ड ३६ वर्षपछि विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको थियो।

उ समूह ‘सी’ मा उपविजेता घोषित भयो। अर्जेन्टिनाविरूद्ध डिफेन्सिभ गेम खेलेको पोल्याण्डले आइतबार पौने ९ बजे प्रतिस्पर्धा गर्नुपर्ने छ।

फ्रान्स बुधबार रातीको खेलमा ट्युनेसियासँग १-० ले पराजित भए पनि उ समूह ‘डी’ को विजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो। उसले अघिल्लो २ खेल जितेको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×