पाकिस्तानी बलर नसीम शाहलाई कोरोना संक्रमण

काठमाडौँ - पाकिस्तानका तीव्र गतिका बलर नसीम शाहलाई कोरोना संक्रमण भएको छ। पछिल्लो समय निमोनियाको कारण आराम गरिरहेका उनलाई कोरोना पुष्टि भएको हो।

यद्यपि उनी अस्पतालबाट डिस्चार्ज भइसकेको र स्वास्थ्य अवस्था राम्रो रहेको पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) ले जनाएको छ। घरेलु टोली पाकिस्तानले हाल इंग्ल्याण्डविरुद्ध ७ खेलको अन्तर्राष्ट्रियटी-२० सिरिज खेलिरहेको छ। जसमा ५ खेल पाकिस्तान सकिँदा ३-२ ले अघि छ। सिरिजको छैटौं खेल आज लाहोरमा हुनेछ।

कोरोनाका कारण नसीमले इंग्ल्याण्डविरुद्धको टी-२० सिरिजअन्तर्गत बाँकी २ खेल गुमाउने भएका छन्। उनले सिरिजको पहिलो खेल मात्र खेलेका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×