एएफसी एसियन कप छनोटका लागि अन्तिम टोली घोषणा, विवादमा परेका खेलाडी समेटिएनन्

काठमाडौँ - नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन्।

एएफसी एसियन कप २०२३ छनोटको समूह ‘ए’ मा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्नेछ। नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्दैछ भने जुन ११ मा कुवेतसँग खेल्दैछ। अन्तिम खेल जुन १४ मा इन्डोनेसियासँग हुनेछ। प्रशिक्षकसँग विवादमा परेका १० खेलाडी टिममा परेका छैनन्। 

अन्तिम टोली

गोलकिपर-दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापा
डिफेन्डर-विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डर-आकाश बुढा मगर, अरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल, सुरज जेउ ठकुरी
फरवार्ड-आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×