अस्ट्रेलिया प्रिमियर हुँदै ‘नालापानी’

काठमाडौँ - ऐतिहासिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘नालापानी’ को अस्ट्रेलियामा ग्राण्ड प्रिमियर गरिने भएको छ। तिहारको अवसर पारेर कार्तिक ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म अस्ट्रेलियामा एम्सन इन्टरटेन्टमेन्ट, ग्रीन हिल्स इन्टरटेन्टमेन्ट, आरकेएस अस्ट्रेलिया र अर्बिट अस्ट्रेलिया ग्रुपले मिलेर प्रिमिएर गर्न लागेको हो।

फिल्म अगामी शनिवार अर्थात २४ सेप्टेम्बरमा प्रिमियर हुनेछ। रिमेश अधिकारीले निर्देशन गरेको फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण भएको हो।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका लगायतको अभिनय रहेको छ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस् र  गंगा नारायण फिल्म प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो। फिल्मका निर्माता सपन कुमार थापा, सहनिर्माता गणेश कार्की र कार्यकारी निर्माता घनेन्द्र थपलिया रहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×