काभ्रेबाट तीन फरार प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक - प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ। 

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले तीनै जनालाई अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गराउन कारागार पठाएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए। पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–३ का ४६ वर्षीय दावा तामाङ रहेका छन्। उनलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत जिल्ला अदालतले २०७२ वैशाख ८ गते दुई वर्ष ६ महिना कैद सजाय गरेको थियो।

यस्तै विगो मुद्दाअन्तर्गत ललितपुरको टीकाथली–९ स्थायी घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ४५ वर्षीय सन्तोषी बस्नेतलाई पनि पक्राउ गरिएको छ। उनलाई जिल्ला अदालतले २०७५ चैत २९ गते विगो रकम रु एक करोड २६ लाखवापत दुई वर्ष कैद सजायको फैसला गरेको थियो। यस्तै प्रहरीले सवारी ज्यान मुद्दाअन्तर्गत पनौती नपा–११ का २५ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको छ। उनलाई जिल्ला अदालतले २०७५ जेठ १६ गते तीन दिन कैद र रु दुई हजार जरिवाना फैसला गरेको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×