काठमाडौँ - प्रविशा अधिकारी र सजल न्यौपानेको स्वरमा ‘अलिअलि तिमीसँग’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा सक्रिय श्रेष्ठको शब्द र सजल न्यौपानेको संगीत रहेको छ। गीतको एरेन्ज रिदम कँडेलले गरेका छन्। निकेश खड्काले निर्देशन गरेको यो गीतको भिडियोमा आकाश श्रेष्ठ र पूजा गिरी फिचर्ड छन्।
बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन्।