काठमाडौँ - सन् २०२७ मा हुने महिला विश्वकप आयोजनाका लागि दक्षिण अफ्रिकाले पनि दाबी गरेको छ। सन् २०१० मा भएको पुरुष विश्वकप सफलता पूर्वक आयोजना गरेको दक्षिण अफ्रिकाले पहिलो पटक महिला विश्वकप आयोजनाको दाबेदारी पेस गरेको हो।
दक्षिण अफ्रिका फुटबल संघ (साफा)का प्रमुख कार्यकारी टिबोगो मोत्लान्टी भन्छन्, ‘ नेशनल एक्जुकेटिभ कमिटी(एनईबी) मा हामी पनि महिला विश्वकपका लागि दाबेदारी गरौं भन्ने सल्लाह भए अनुसार दाबेदारी पेस गरेका हौं। पहिला हामी फिफामा दाबेदारी पेस गर्छौं, त्यसपछि हामी विश्वकपका लागि आवश्यक तयारी थाल्छौं।’
गत जुलाईमा सम्पन्न महिला अफ्रिका कपको फाइनलमा मोरक्कोलाई हराउँदै दक्षिण अफ्रिकाले उपाधि जितको थियो। दक्षिण अफ्रिकाभन्दा पहिला नेदरल्यान्ड्स, बेल्जियम र जर्मनीले संयुक्त रुपमा महिला विश्वकप आयोजनाको दाबेदारी पेश गरिसकेका छन्।
अमेरिका पनि २०२७ वा २०३० मा हुने विश्वकपको लागि इच्छुक देखिएको छ।