काठमाडौँ - टोकियो पाराओलम्पिकमा स्वर्ण विजेता भारतीय सुटर अवनी लेखराले फ्रान्सको चतेरोमा जारी पारा सुटिङ विश्वकपमा नयाँ विश्व कीर्तिमान कायम राखेकी छिन्।
मंगलबार महिला १० मिटर एयर राइफल स्ट्याण्डिङ एसएच १ स्पर्धामा २५०.६ स्कोरका साथ उनले विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन्।
२० वर्षीया अवनीले आफ्नै नाममा रहेको २४९.६ स्कोरको कीर्तिमान सुधार गर्दै २०२४ को पेरिस पाराओलम्पिकका लागि स्थान सुरक्षित गरेकी छिन्।
पोल्याण्डकी इमिलिया बाबस्काले २४७.६ स्कोरका साथ रजत पदक तथा स्विडेनकी अन्ना नर्मनले २२५.६ स्कोरका साथ कास्य पदक जितेका छन्।