कीर्तिपुर नगरका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ ।

उनको गएराति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए ।

उनी लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित थिए ।

आज मेयर नकर्मीको निधनको शोकमा नगरपालिकामा शोक बिदा दिइएको छ । उनको पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने ढकालले जानकारी दिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×