जर्मन बुन्डेसलिगाः शीर्षस्थानमा बायर्न म्युनिख

काठमाडौँ - शनिबार राति भएको खेलमा जित हासिल गरेसँगै बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ।

हेर्था बर्लिनलाई ३-२ गोल अन्तरले पराजित गर्ने क्रममा खेलको १२औं मिनेटमा जमल मुसिआलाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। खेलको ३७औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै २-० को अग्रता दिलाए। ३८औं मिनेटमा एरिकले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए।

तर, ४० औं मिनेटमा डोडी लुकबाकियोले गोल गर्दै हेर्थालाई ३-१ को स्थितिमा ल्याए। त्यसपछि खेलको ४५ औं मिनेटमा हेर्थाका डाभी सेल्केले पेनाल्टीमार्फत गोल गरे पनि जितका लागि पर्याप्त भएन। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×