विश्वकप फुटबलः ट्युनिसियाविरुद्ध अस्ट्रेलिया विजयी

काठमाडौँ - कतार विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत शनिवार साँझ सम्पन्न भएको पहिलो खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ। कतारको अल जनौब रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १-० गोलले पराजित गरेको हो।

अस्ट्रेलियाका लागि २३औं मिनेटमा माइकल डुकले गरेको गोल नै निर्णायक बन्यो।

यससँगै समूह डी मा रहेको अस्ट्रेलिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। २ खेलमा १ अंक रहेको ट्युनिसिया पुछारमा छ। अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४-१ गोलले पराजित भएको थियो। यस्तै ट्युनिसियाले डेनमार्कसँग बराबरी खेलेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×