काठमाडौँ - मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले दक्षिण कोरियालाई हराएको छ। साउलको संगम वर्ल्ड स्टेडियममा भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई ५–१ गोल अन्तरले हराएको हो।
ब्राजिलको जितमा नेयमारले पेनाल्टी मार्फत दुई गोल गरे। खेलको सातौं मिनेटमा रिचरलिसनको गोलमा ब्राजिलले अग्रता लिएको थियो। घरेलु टोलीले ३१ औं मिनेटमा बराबरी गोल फकाएको थियो। ह्वाङ हि चेनले दक्षिण कोरियाका लागि बराबरी गोल गरेका थिए।
नेयमारले ४२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ब्राजिललाई पहिलो हाफमा २–१ ले अघि बढाए। दोस्रो हाफको ५७ औं मिनेटमा नेयमारले पेनाल्टीमै गोल गर्दै ब्राजिललाई ३–१ ले अघि बढाए। फिलिप कौटिन्होले ८० औं मिनेटमा ब्राजिलका लागि चौथो गोल गरेका थिए।
दोस्रो हाफको इन्जुरी समयमा जिसस ग्याब्रियलले गोल गर्दै ब्राजिललाई फराकिलो जीत दिलाए। ब्रजिल फिफा वरियताको शीर्ष स्थानमा छ भने कोरिया २९ औं स्थानमा रहेको छ।