‘मैले सम्पूर्ण एपिसोड निर्देशन गर्दै छैन' : सञ्जय लीला भन्साली

काठमाडौँ - सञ्जय लीला भन्सालीको महत्वकांक्षी सिरिज ‘हिरामन्डी’ को काममा जुटिसकेका छन्। हालै उनी निर्देशित गंगुवाई कठियावाडी प्रदर्शनमा आएको थियो। लगत्तै उनले नेटफ्लिक्सको लागि रिलिज हुने फिल्मको काम अगाडि बढाएका हुन्।

१८ जना अभिनेत्री रहने भनिएको सिरिजको सम्पूर्ण एपिसोडलाई आफूले निर्देशन नगर्ने निर्देशक भन्सालीले बताएका छन्। ‘मैले सम्पूर्ण एपिसोड निर्देशन गर्दै छैन। 

यसैगरी उनले यस सिरिजको हरेक एपिसोड इन्डिपेन्डेन्ट फिल्म मेकर्सको जस्तो हुने समेत बताएका छन्। यसको हरेक एपिसोडमा आत्मनिर्भर फिल्म मेकर्सको स्वाद पाउनु हुनेछ। उनले अहिलेसम्म कास्टिङको काम सुचारु रहेको बताए। ‘हामी चाहन्छौ कि यसका हरेक पात्रले जीवन पाउन हामी सानो भन्दा सानो क्यारेक्टरमा पनि जीवन भर्न चाहन्छौँ’ संजयले भने। 

१८ अभिनेत्रीको अभिनय रहने बताइएको सिरिजमा १९ औँ शताब्दीदेखि भारत पाकिस्तान विभाजनसम्मको कथा पस्किने जनाइएको छ। यसमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, जुही चावला, संजीदा शेख, निम्रत कौर, डायना पेन्टी सहित १८ जना अभिनेत्री रहने छन्।

नेटफ्लिक्समा सार्वजनिक हुने यो सिरिज ८ भागको हुनेछ। सिरिजको पहिलो र अन्तिम एपिसोड भन्साली स्वयंले निर्देशन गर्नेछन् भने बाँकी भाग विभु पुरी र मताक्षरा कुमारले निर्देशन गर्नेछन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×