सोमबार सुनको मूल्यमा प्रतितोला चार सयले वृद्धि

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि भएको छ ।

आइतबार प्रतितोला एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक लाख ४६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४५ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार सात सय ५० निर्धारण भएको महासंघले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×