सम्झनामा मात्र सिमित भइन् गायिका लता मंगेशकर

काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। उनी सन् १९२९ मा जन्मिएकी थिइन्।

‘स्वर कोकिला’ उपनामले चिनिने लताको आइतवार निधन भएको हो। कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। केही हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो। केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो।

उनले ३६ ओटा भाषामा हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। उनले थुप्रै नेपाली गीत पनि गाएकी छिन्। उनी नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित भएकी थिइन्।

उनी अब सम्झनामा मात्र सिमित भएकी छिन्। तर प्रार्थिव शरिर हामीसँग नभए पनि उनको स्वर अनन्त काल सम्म विश्वभरी गुञ्जिरहनेछ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×