काठमाडौँ। नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गतको दोस्रो खेलमा आज भुटानसँग भिड्दैछ। खेल नेपाली समय अनुसार ३:१५ मा सुरु हुनेछ। दुबईमा भइरहेको यो छनोट खेल अन्तर्गतको पहिलो खेलमा हिजो नेपाललाई हङकङले ६ विकेटले हराएको थियो। त्यसैगरि भुटानले कुवेतलाई ४० रनले हराएको थियो। नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ टोली छनोटमा सहभागी छन्। वरीयतामा नेपाली महिला टोली १४ औं स्थानमा यूएई १७ औं, हङकङ २५ औं, कुवेत ३४ औं र भुटान ४४ औं स्थानमा रहेको छ। विजेता टोलीले विश्व कपको ग्लोबल छनोटमा स्थान पाउनेछ।