काठमाडौँ - बार्यन म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। बुधबार भएको खेलमा भिक्टोरिया प्लजेनलाई ४-२ गोल अन्तरले पराजित गर्दै बार्यनले २ खेलअघि नै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो।
बार्यनलाई जित दिलाउने क्रममा लेओन गोरेट्काले २ तथा साडियो माने, थोमस मुलरले १/१ गोल गरेका थिए।
यससँगै लगातार ४ जितसहित बार्यनले १२ अंक हात पारेको छ। यो समूहबाट बार्यन माथिल्लो चरणमा जाने निश्चित भइसकेको छ भने प्लजेन पनि बाहिरिने पक्का भइसकेको छ।