काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१५ महिला साफका लागि दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको छ।
टोलीमा मुख्य प्रशिक्षक भगवती रानाले प्रारम्भिक चरणमा प्रशिक्षणमा रहेका ४० खेलाडीबाट १० खेलाडी कटौती गर्दै दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको हो।
जोत्सिनेका मरासिनी, अस्मिता खवास, साधना थापा, रीना नेपाली, अभानी सिंह, संगीता अधिकारी, डिकी स्याम्बो, सुमिना थापा, पुष्पा सेन र झरना डुमरकोटी बाहिरिएका छन्। जुनियर युवा महिला टोलीको प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको छ। यू-१५ महिला साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा आगामी नोभेम्बर १ देखि १२ सम्म हुँदैछ।
यू-१५ टोलीको मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी रहेका छन्।
दोस्रो चरणको टोली
गोलरक्षकः राधिका ओली, सुजाता तामाङ, सानिमाया स्याङ्तान, रुपा धिमाल।
डिफेन्डरः दीपा मगर, सन्जी थिङ, अन्जना पुन मगर, विपना स्नेही, रेणु लिम्बु, अनिशा विक, अमिता भुल, प्रेरणा डोल्मा लामा र सीता रोकाया।
मिडफिल्डरः रेविका नेपाली, सिवांगी स्नेही, मनिषा सेन, सुशिला केसी, सिमरन राई, दिलमाया घिसिङ, यशोधा बोहरा, पुनम चेम्जोङ, निर्मला आचार्य, सविता मण्डल, भुमिका बुढाथोकी र भावना परियार।
फरवार्डः समिक्षा मगर, दीपा रोकाया, वर्षा ओली, सेनु परियार र सुक्रिया मिया।