बेन्च बहिष्कार गर्ने न्यायाधीश र बार विरुद्ध कानुन व्यवसायी र नागरिकद्वारा बानेश्वरमा विरोध प्रदर्शन

काठमाडौँ। न्याधीशहरुले धेरै दिन देखि बेन्च बहिष्कार गरेको भन्दै आज न्यायाधीशविरुद्ध कानुन व्यवसायी र नागरिकहरुले बानेश्वरमा प्रदर्शन गरेका छन्।  कात्तिक १४ गते देखि नेपाल बार एशोसिएनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्व अदालतलाई ठप्पपारेर विरुद्ध प्रदर्शन गर्दै आइरहेको छ। जसका कारण आम जनता न्याय पाउनुपर्ने अधिकारबाट बन्चित हुदै आइरहेका छन्।

प्रदर्शनकारीले लामो समय देखि सर्वोच्व अदालतमा आन्दोलन हुँदा सेवाग्राहीले धेरै कठिनाइ बेहोर्नु परेको भन्दै इजलास रोक्न नहुने बताएका छन्। दवावको शासन अन्त्य गर विधिको शासन कायम गर, स्वतन्त्र न्यायपालिका हाम्रो चाहाना, बेन्च बहिरष्कार अन्त्य गर भन्ने जस्ता नाराका साथ उनीहरु प्रदर्शनमा उत्रिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×