विम्बल्डन टेनिस: नाडाल सेमिफाइनलमा

काठमाडौँ - पाँचौ सेटको टाइब्रेकरमा टेलर फ्रिट्जलाई हराउदै स्पेनिस टेनिस स्टार राफेल नाडाल वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेका छन्। 

बुधबार भएको खेलमा नाडालले फ्रिट्जलाई ३-६, ७-५ ,३-६, ७-५ ,७-६ (१०-४) ले हराएका थिए। नाडालले जितसँगै फाइनल प्रवेशका लागि निक कीर्गिओससँगको भेट पक्का गरेका छन्।

जितसँगै अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितेका नाडालले वर्षको तेस्रो ग्रान्डस्लाम जित्ने सम्भावनालाई अझ बलियो बनाएका छन्। 

नाडालले पछिल्लो पटक सन् २०१० मा विम्बल्डनको उपाधि जितेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×