वर्षाका कारण भारत र न्युजिल्यान्डबीचको खेल रद्द

काठमाडौँ - भारतको न्युजिल्यान्ड भ्रमणअन्तर्गत टी-ट्वेन्टी अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल वर्षाका कारण रद्द भएको छ। शुक्रबारदेखि वेलिङटनमा सुरु हुने तय भएको टी-ट्वेन्टी शृंखलामा ३ खेलको तालिका छ।

अर्को खेल आइतबार हुने तय भएको छ। यस्तै, अन्तिम टी-२० मंगलबार हुने तालिका रहेको छ।

भारत र घरेलु टिमबीच नोभेम्बर २५ देखि एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला पनि हुनेछ। पहिलो एकदिवसीय आगामी शुक्रबार, दोस्रो २७ नोभेम्बर र अन्तिम खेल नोभेम्बर ३० मा हुने तय छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×