विश्व कोरोना : थप २९ लाख ७० हजारभन्दा बढी संक्रमित, ११ हजार २७१ जनाको मृत्यु

काठमाडौँ- विश्वभर पछिल्लो २४ घण्टामा २९ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। वर्ल्डोमिटर्सको तथ्‍यांकअनुसार विश्वभरका थप २९ लाख ७० हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। उक्त अवधिमा ११ हजार २७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

गत २४ घण्टामा थपिएका संक्रमितमा सबैभन्दा धेरै फ्रान्समा तीन लाख १५ हजार ३६३ जनामा संक्रमण पुष्टि भएको तथ्यांक छ। साथै, फ्रान्समा २७६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

यस्तै अमेरिकामा दुई लाख ४९ हजार ५७६ संक्रमित थपिएका छन्। त्यहाँ गत २४ घण्टाको अवधिमा दुई हजार ३४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

फ्रान्स र अमेरिकापछि जर्मनीमा दुई लाख २३ हजार ३२२, ब्राजिलमा एक लाख ८८ हजार ५५२, भारतमा एक लाख ६४ हजार ५९३, रुसमा एक लाख ४१ हजार ८८३, इटालीमा एक लाख १८ हजार ९९४, टर्कीमा एक लाख १० हजार ६८२, बेलायतमा ८८ हजार ८५ तथा स्पेनमा ८६ हजार २२२ जना संक्रमित थपिएको वर्ल्डोमिटर्सले जनाएको छ।

यससँगै विश्वमा कोरोना संक्रमितको संख्या ३८ करोड ५० लाख नाघेको छ। यस्तै मृत्यु हुनेको संख्या ५७ लाख १७ हजार नाघेको छ।   

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×