चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक

काठमाडौँ - चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा एक कार्यक्रमबीच गायक बाबु बोगटीले करिब २ दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका हुन्।

प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड रहेका छन्। गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालले गेका छन्। भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन रहेको छ। भिडियोमा कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका छन्।

२०६१ सालमा सार्वजनिक भएको ‘सान्नानी’ गीत त्यसबेला निकै चर्चित भएको थियो। यो गीतबाटै गायक बोगटी सांगीतिक क्षेत्रमा स्थापित भएका थिए। ओरिजिनल भर्सनको भिडियोमा बाबु र नन्दिता केसीको अभिनय रहेको थियो भने निर्देशन आलोक नेम्बाङले गरेका थिए।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×