परिजिता बाँस्तोला द भ्वाइसको अन्तिम ८ मा

काठमाडौँ - नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठमा प्रवेश गरेकी छिन्।

नेपाली समयानुसार बुधबार बिहान भएको एपिसोडबाट २ जना बाहिरिएका छन् भने परिजिता अन्तिम ८ मा प्रवेश गरेकी छिन्। यो एपिसोडमा उनले एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाएकी थिइन्।

आफ्नो गीत परिजिताले गाएपछि क्यानडेली गायिका काराले इन्स्टाग्राम सन्देशमार्फत बधाई दिएकी छिन्। काराले परिजितालाई उक्त सन्देशमा बधाई तथा शुभकामना भनेकी छिन्। प्रबल गुरुङ, निक जोनस, प्रियंका चोपडा लगायतका विश्व सेलिब्रिटीले यतिबेला परिजितालाई जिताउन आग्रह गरिरहेका छन्। नेपाली समुदायले पनि उनलाई भोट गरिरहेका छन्।

सेमिफाइनल प्रवेश गरेपछि भिडियो सन्देश जारी गर्दै परिजिताले आगामी प्रतिस्पर्धा पक्कै कठिन हुने भए पनि आफू उत्साहित रहेको बताएकी छिन्। आफूलाई सक्दो भोट गर्न उनले अपील गरेकी छिन्।

आफ्नो टिमबाट अन्तिम ८ मा प्रवेश गरेका ट्यालेन्टसँग कोच जोन लिजेन्डले नृत्य पनि गरेका थिए।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×