इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो

काठमाडौँ - आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन्। सत्ता गठबन्धनभित्रको मत विभाजन नहुने हो भने एमालेका कतिपय शीर्ष नेताहरूलाई नै हम्मेहम्मे पर्ने देखिएको स्थानीय पत्रकारहरू बताउँछन्। 

उक्त प्रदेशको चार जिल्लामा नेपाली कांग्रेससहितको गठबन्धनका उम्मेदवारहरू बढी सुरक्षित देखिएको र नेकपा एमालेका उम्मेदवारहरू प्रतिरक्षामा रहेको पत्रकार युवराज गौतम बताउँछन्। उनका अनुसार स्थानीय तहको मतको आधारमा अघिल्लो निर्वाचनको अवस्था र उम्मेदवारको लोकप्रियताको अवस्थालाई विश्लेषण गर्दा एमालेका भन्दा गठबन्धनका उम्मेदवार धेरै अगाडि छन्। 

चुनावी रणनीति र प्रचार शैलीले मात्रै मतदाताको मन फर्कन्छ भनेर ढुक्क हुने अवस्था नदेखएकाले एमालेलाई अधिकांश क्षेत्रमा चुनाव जित्न हम्मे पर्ने देखिएको एमालेकै कतिपय नेताहरू स्वीकार्छन्। प्रदेश नम्मर एकका इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो देखिएको छ। 
नेपाल समाचारपत्र दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×