एनएसएलमा आज पोखरा र ललितपुर भिड्दै

काठमाडौं - नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायर खेलमा आज पोखरा थन्डर्स एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल आज साँझ साढे ५ बजेबाट सुरु हुनेछ । पोखरा पहिलो क्वालिफायर खेलमा धनगढी एफसीसँग टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्न लागेको हो ।

यता ललितपुरले भने एलिमिनेटर खेलमा साविक विजेता काठमाडौँ रेजर्सलाई ३–० को फराकिलो अन्तरले हराउँदै पोखरासँगको भेट पक्का गरेको हो ।

लिग चरणमा पोखरा र ललितपुरले गोलरहित बराबरी गर्दै अंक बाँडेका थिए। यसअघिको सिजन पनि पोखरा र ललितपुरले बराबरी गर्दै अंक बाँडेका थिए ।

यो खेलको विजेताले उपाधिका लागि धनगढी एफसीको सामना गर्नेछ । धनगढी अघिल्लो संस्करणको उपविजेता टोली हो ।एलिमिनेटर खेलमा काठमाडौं बाहिरिएसँगै यो सिजन एनएसएलले नयाँ च्याम्पियन पाउनेछ ।

यो संस्करणको उपाधि विजेताले ७० लाख रुपैयाँ प्राप्त गर्नेछ। पुरस्कार रकममा अघिल्लो संस्करणको तुलानामा दोब्बरले वृद्धी गरिएको छ । गत सिजन विजेताले ३५ लाख रुपैयाँ पाएका थिए ।

उपविजेता टोलीले २० लाख रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछन् । उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदियमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×