मार्क्विन्होस आर्सनलमा अनुबन्ध

काठमाडौँ - इंग्लिस क्लब आर्सनलले ब्राजिलका युवा फरवार्ड मार्क्विन्होसलाई अनुबन्ध गरेको छ। प्रिमियर लिग क्लब आर्सनलले १९ वर्षीय फरवार्डलाई ब्राजिलको साओ पाउलोबाट अनुबन्ध गरेको हो।  

ब्राजिल यू-१७ टोलीका पूर्व सदस्य मार्क्विन्होसले आर्सनलसँग लामो समयको सम्झौता गरेको बताईएको छ। मार्क्विन्होसले साओ पाउलोका लागि ४१ खेलमा ४ गोल गरेका छन्।

गत वर्ष उनले क्लबको सिनियर टोलीमा डेब्यु गरेका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×