बिस्केट जात्रा; मध्यरातिसम्म पनि नउठेको विश्व ध्वजासहितको लिङ्गो

काठमाडौँ - प्रसिद्ध बिस्केट जात्राको प्रमुख मानिने विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो आज बिहानसम्म पनि उठाउन सकिएन।

चैत मसान्तका दिन नै उठाउनुपर्ने लिङ्गो उठाउन गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिङ्खेलमा पुर्याइएपछि स्थानीयले बुधबार साँझबाट नै उठाउने अथक प्रयास गरिए पनि लिङ्गो आज बिहानसम्म पनि उठ्न नसकिएको बाबुरत्न द्यौलाले जानकारी दिए। लिङ्गो तान्त्रिक विधिपूर्वक दश कर्म विधान गरी उठाउने मसान्तको दिन नै उठाउने प्रचलन छ। लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुई ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ डोरीले वरिपरिबाट तानेर उक्त लिङ्गो उठाउने प्रचलन रहेको छ। त्यही आठ डोरीले आठ कुनामा बसेर लिङ्गो उठाउने गरिन्छ।

यस वर्ष गुठी संस्थानले कमसल डोरी ल्याएपछि चार डोरी चुँडिएको र चार डोरीको भरमा लिङ्गो उठाउन खोज्दा नसकेपछि आज बिहानलाई छाडिएको जात्रा सञ्चालन गर्ने गुठीको गुनासो छ। लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाशभैरवका ध्वजासमेत भनिन्छ। भक्तपुरको प्रसिद्ध बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ। लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो। मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ। आज बिहानैदेखि लिङ्गो उठाउने ठाउँमा पूजा तथा दर्शन गर्नेको भीड लागेको छ। दर्शन गर्नेको भीड नसकिएसम्म लिङ्गो उठाइँदैन। भीड कम भएपछि लिङ्गो उठाइने बताइएको छ।

आज दिनभरि ल्यासिङ्खेलमा लिङ्गो जात्रा हेर्न आउनेको भीड लाग्ने गर्दछ। दिउँसो उपत्यकाका विभिन्न ठाउँबाट जात्रा हेर्न आउनेको भीड लाग्ने गर्दछ।आज बिहान हनुमानघाटस्थित चुपनघाटमा स्नान गर्नेको भीड लागेको छ। चुपिन घाटमा स्नान गर्ने, मुख धोएर ल्याङ्खिेलमा लिङ्गो उठाउने ठाउँमा गएर पूजा तथा दर्शन गरे पूण्य प्राप्त हुने मान्यताअनुसार दर्शन तथा पूजा गर्नेको भीड लागेको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×