लागोस। नाइजेरियाका आतंककारी बोको हरामले अपहरण गरेका ३२ जनालाई देशका विभिन्न स्थानबाट मुक्त गरिएको यहाँको प्रहरीले जनाएको छ। नाइजेरियाली प्रहरीले सोमबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारी अनुसार नाइजेरियाको विशेष गरी जामफारा राज्यबाट अधिकांश अपहरित व्यक्तिहरु मुक्त भएका हुन्।
उनीहरु अपहरण परेको उजुरीपछि प्रहरीले उनीहरुको खोजीका लागि विशेष सुरक्षा दस्ता लगाएको र अपहरणमुक्त गराएको नाइजेरियाली प्रहरीले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो। खोजीका क्रममा उनीहरुलाई गएको बुधबारदेखि आइतबारसम्ममा मुक्त गराइएको सो विज्ञप्तिमा जानकारी दिइएको छ।
नाइजेरियामा त्यहाँका बोको हराम आतंककारीहरुले धेरैजसो विद्याथी र शिक्षक तथा कहिलेकाहीँ सर्वसाधारण नागरिकलाई अपहरण गरी बेपत्ता बनाउने गरेका छन्।