एउटा कार्यक्रमका लागि कंगनाले २५ करोड लिइन्

एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौत बिभिन्न कारणले चर्चामा आईरहन्छिन्। हाल उनी रियालिटी शो ‘लकअप’का कारण चर्चामा छिन्। कंगना सो कार्यक्रमकी सञ्चालक रहेकी छिन्। जसको लागि ठूलै रकम पारिश्रमिक पाएकी छिन्। 

भारतीय सञ्चार माध्यमका अनुसार कंगनाले उक्त कार्यक्रमका लागि २५ करोड भारतीय रुपैयाँ लिने भएकी छिन्। उनले एउटा एपिसोडको प्रस्तोता बनेवापत एक करोड भारतीय रुपैयाँभन्दा धेरै पारिश्रमिक लिनेछिन्।

७२ दिनसम्म २४ घण्टा नै लाइभ स्ट्रिम हुने सो कार्यक्रममा कंगना शनिबार र आइतबार मात्रै देखिनेछिन्। करिब २२ एपिसोडमा देखिन उनले २५ करोड रुपैयाँ पारिश्रमिकको लिएकी छिन्।

कार्यक्रमको छायांकन भारतको मुम्बईस्थित गोरे गाउँमा स्टुडियो बनाएर गरिनेछ। २७ फेब्रुअरीबाट प्रसारण हुने कार्यक्रमको छायांकन एक दिनअघि २६ फेब्रुअरीबाट सुरु हुने जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×