इङल्याण्डविरुद्ध ऋषव पन्तको शतक

काठमाडौँ- भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषव पन्तले इङल्याण्डविरुद्ध जारी टेस्ट खेलमा शतक प्रहार गरेका छन्। इङल्याण्डविरुद्धको टेस्टको पहिलो दिन पन्तले ८९ बलमा आफ्नो शतक पुरा गरेका हुन्।

उनको टेस्ट क्रिकेटमा यो पाँचौ शतक हो। पन्तले ३१ खेलका ५२ इनिंग्समा ५ शतक र ९ अर्धशतक बनाएका छन्। २४ बर्षिय पन्तको टेस्ट क्रिकेटमा ४०.८५ को औसत रहेको छ। 

पन्तको इङल्याण्डविरुद्ध यो तेस्रो टेस्ट शतक हो भने उनले अस्ट्रेलिया र दक्षिण अफ्रीकाविरुद्ध १/१ शतक प्रहार गरेका छन्।

खेलको पहिलो दिन भारतले छिटो ५ विकेट गुमाएपछि पन्त र रविन्द्र जडेजाले भारतको पारीलाई सम्हालेका छन्। जडेजाले पनि अर्धशतक प्रहार गरेर भारतको पारी सम्हालेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×