राजेश हमाललाई मात्र देखाएर ‘सत्यम्’ले ल्यायो लिरिकल भिडियो

 काठमाडौँ - केही समय अगाडि फिल्म बन्ने घोषणा भएर वर्कसप समेत भएर छायांकनमा जान नसकेको फिल्म ‘सत्यम्’ निर्माण टिमले शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ। 

सार्वजनिक गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको शब्द, कुटुम्ब ब्यान्डको म्युजिक, योगेश काजीको म्युजिक कन्सेप्ट छ। गीतको लिरिकल भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन्। भिडियोमा अभिनेता राजेश हमाललाई मात्रै फिचर्ड गराइएको छ भने अरु कुनै पनि कलाकारलाई देखाइएको छैन।

फिल्ममा राजेश हमाल, पल शाह, अनुप विक्रम शाही, उपासना सिंह ठकुरी लगायतका कलाकारको अभिनय रहने यसअघि नै जानकारी सार्वजनिक भइसकेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×