बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन

काठमाडौँ - भारतका चर्चित अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ। उनको हृदयघातबाट बुधबार राती निधन भएको भारतीय मिडियाले जनाएका छन्।

हृदयघात भएपछि उपचारका लागि गृहनगर लखनउमा लगिएको थियो। उपचारका क्रममा उनको बुधबार राती निधन भएको उनका ज्वाइँ आशिष चतुर्वेदीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

उनले सनी देवलको फिल्म गदर : एक प्रेम कथा,मनोज बाजपेयीको सत्या,शाहहरु खानको अशोका,ताल,बन्टी और बबली, कृष र रेडीमा अभिनय गरेका  थिए। फिल्म 'कोही मिल गया'ले उनलाई थप चर्चित बनाएको थियो। सो फिल्ममा उनी ऋतिक रोशनको कम्प्युटर टिचरको भूमिकामा देखिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×