भारत। बलिउडमा धेरै जोडी यो वर्ष अभिभावक बन्दै छन्। अब यो सुचीमा लोकप्रिय गायक उदित नारायण झाका छोरा र बुहारीको नाम पनि जोडिने भएको छ। उदितका छोरा आदित्य नारायण र बुहारी श्वेता अब चाडै नै अभिभावक बन्ने वाला छन्। यो कुराको जानकारी आदित्यले सामाजिक सञ्जालमार्फत दिएका हुन्। तस्विरमा श्वेताले आफ्नो बेबी बम्प देखाएकी छिन्। आदित्य र श्वेताको विवाह दुई वर्ष अघि १ डिसेम्बरमा भएको थियो।