भारत। १० हजार फिटको उचाइमा फुटबल मैदान बनाइने भएको छ। भारतको लद्दाखमा यो रंगशाला बनाउन लागिएको हो। ३० हजार दर्शकको क्षमता रहने उक्त मैदानमा आठ लेनको म्याराथन ट्रयाक समेत राखिने छ।
आइतबार आयोजना भएको रेडियो कार्यक्रम ‘मन की बात’मा यो घोषणा भएको हो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो घोषणा गरेका हुन्।उनले रंगशालाको काम सुरु भइसकेको जनाएका छन्। र, चाडै नै सम्पूर्ण काम सकिने बताएका छन्। एक हजार जना अट्ने होस्टल समेत रहने मैदानका लागि फिफाले समेत अनुमति दिइसकेको छ।