सलमान खानको फार्महाउसमा फिल्मस्टारको शव गाडिन्छ?

एजेन्सी। बलिउड अभिनेता सलमान खानको पनवेल फार्महाउससम्बन्धी अहिले निकै विवाद चलिरहेको छ। हालै उनका छिमेकी केतन कक्कडले थप आश्चर्यजनक आरोप लगाएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार छिमेकी कक्कडले सलमान खानको फार्महाउसमा फिल्मस्टारको शव गाडिएको र त्यहाँ बालबालिकाको तस्करी पनि हुने गरेको आरोप लगाएका छन्। जसपछि सलमान खानका वकिलले कक्कडको सामाजिक सञ्जाल पोस्ट र अन्तर्वार्ताको अंश पढेर अदालतमा सुनाएका छन्, जहाँ उनले अभिनेता खानविरुद्ध ति आरोप लगाएका थिए। 

कक्कडको आरोपको जवाफमा वकिल प्रदीप गान्धीले भने, ‘यी आरोपहरू कुनै प्रमाण बिना नै लगाइएका छन्। र, उनीहरूले अभिनेताको प्रतिष्ठामा आँच पुर्याउने प्रयास गरिरहेका छन्।’

भर्खरै मात्र छिमेकी कक्कडलाई बिभिन्न माध्यमबाट झुटो, अपमानजनक र मानहानिपूर्ण आरोपहरू लगाएको भन्दै सलमान खानले कक्कडविरुद्ध मुद्दा दायर गरे तर, छिमेकीविरुद्ध मानहानीको मुद्दाको निवेदन अदालतले खारेज गरेको छ। अन्तरिम आदेशको लागि अभिनेताको निवेदन अदालतले खारेज गरेको हो।

खानको सम्पत्ति विवादमा कक्कडले कथित रूपमा खानले अर्पिता फार्मको छेउमा रहेको उनको प्लटमा पहुँच रोकेको दाबी समेत गरेका थिए। तर, खानका वकिलले भने त्यो कुरा अस्वीकार गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×